रहबर अंसारी मुस्लिम मुक्ति मोर्चा बाट सम्मानित

रहबर अंसारी मुस्लिम मुक्ति मोर्चा बाट सम्मानित

वीरगंज १ भदौ

अनलाइनखबरको “४० मुनिका ४०-२०८२” मा सुशासन, विकास, शिक्षा, वातावरण र धार्मिक सहिष्णुताको पक्षमा गरेको तपाइको प्रयासको उच्च मूल्याङ्कन गरि सम्मानित गरिएको थियो।

रहबर अन्सारी मधेश प्रदेशका ती सांसद हुन्‌ जो सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा सदन तथा सडकमा आवाज उठाइरहन्छन् । बिहान उठेदेखि राति नसुतेसम्म जनताकै काममा लागिरहने यी माननीय इमान, लगन र असल कर्मका कारण जन–जनको मनमा बसेका युवा नेता रहबर अंसारी।

युवा तथा समाजसेवी एवम राजनितिज्ञ तथा प्रदेश सभा सदस्य एवम् पुर्व उद्योग, वन तथा पर्यटन राज्य मन्त्री रहबर अन्सांरीलाई आज एक कार्यक्रमका बिच मुस्लिम मुक्ति मोर्चा नेपाल, मधेश प्रदेश समितिले सम्मान गरेको छ।

मुस्लिम मुक्ति मोर्चा अध्यक्ष राज खानले हस्ताक्षर गरेको बधाई तथा शुभकामना पत्र खान के अंसारी लाई प्रदान गरेका छन्।

सो कार्यक्रममा प्रसौनी गाउँपालिका वडा ४ वडा अध्यक्ष यकुप असारी,हफिज मियाँ,नुरहोदा अंसारी लगायतका सहभागी रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।