गौतम माथि आक्रमण गर्ने महेश राम र शिवम माथि कारवाहीको माग

वीरगंज ८ असोज । वीरगंज महानगरपालिका वडा नं ८ माईस्थानमा रहेको “गौतम जेनेरल स्टोर” का सञ्चालन गौतम कुमार चौरसिया माथि गत बुधबार सांघातिक आक्रमण भएको छ । आक्रमणमा परि घाईते भएका चौरसिया भदौ ३० गते जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको जाहेरी दिए पनि पर्सा प्रहरीले दोषीहरुलाई पक्राउ गरी कारवाही नगरेको गुनासो पिडित चौरसियाले गरेका छन् ।
गत बुधबारका दिन दिउँसो करिब १२ बजे आफ्नो पसल अगाडि सार्वजनिक बाटोमा उभेको थिए । सोही बेला वीरगंज–७ बस्ने महेश राम चौरसिया र उनका छोरा शिवम चौरसियाले अचानक पसल नजिकै आई गालीगलौज गरेको र मैले सम्झाई बुझाई गर्दा मेरो पसल भित्र प्रवेश गरी र बाहिर घिसार्दै कुटपिट गरेको पिडित गौतमले प्रहरीमा दिएको जाहेरीमा उल्लेख रहेको छ ।
महेश राम र शिवम सँगै रहेका अन्य दुई जना अपरिचित व्यक्तिहरुले समेत घेरामा हाली सार्वजनिक स्थानमा लात हात मुक्काबाट मेरो मुखमा तथा शरीरको विभिन्न अङ्गहरूमा प्रहार गरेका कारण आफु घाईते भई हिँडडुल गर्न समेत नसकेको पिडित चौरसियाले बताए । सोही क्रममा मैले घाटीमा लगाएको २ तोलाको सुनको सिक्री र मेरो खल्तीमा रहेको ५ लाख रुपैया समेत लुटेर लगेको सो जाहेरीमा उल्लेख रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिए पनि हालसम्म दोषीहरु माथि कारवाही नभएकोले पर्सा प्रहरीले तत्काल दोषीहरुलाई पक्राउ गरी कानुन बमोजिम कडा कारवाही गर्न माग गरेका छन् । साथै लुटिएको सुनको सिक्री र नगद फिर्ताको लागि पिडित गौतमले सञ्चारकर्मीहरु मार्फत स्थानिय प्रहरी प्रशासन सँग आग्रह गरेका छन् ।
गुण्डागर्दी शैलीमा आफु माथि कुटपिट गरे पछि पनि पुनः महेश राम र शिवमले बारम्बार ज्यान मार्ने धम्की दिदै आएकोले शान्ति सुरक्षाको लागि बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन समेत दिएको पिडित चौरसियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।