फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस – युवा नेता उमेश दुवे

फेटामा मोतियाबिन्दुका कारण कसैले पनि आँखा गुमाउनु नपरोस - युवा नेता उमेश दुवे

बारा १२ कार्तिक

बारा जिल्लाकै चर्चित नेताको रूपमा मानिन थालिएका युवा नेता उमेश दुवेले मोतिया बिन्दुका कारण कसैले आफ्नो गुमाउनु नपरोस भन्दै नि:शुल्क आँखा शिविरको आयोजना गरिएको बताउनु भयो । बुधवार फेटा गाउँपालिका वडा नम्बर ४ फुलवरीया र बतरामा आयोजित नि:शुल्क आँखा शिविरमा बोल्दै युवा नेता अर्थात फेटा गाउपालिका अध्यक्ष पदको भावी उम्मेदवार उमेश दुवेले मोतियाबिन्दुको कारण कसैले पनि आँखा गुमाउनु नपरोस भन्दै आजदेखी निशुल्क आँखा शिविरको आयोजना गरिएको बताउनु भएको हो ।

बिरगंज सामुदायिक आँखा केन्द्र बिरगंज पर्साको सहकार्यमा सम्पन्न निशुल्क आँखा शिविर कार्यक्रममा फुलवरीया टोलमा २७० जनालाई र बतरा टोलमा १०६ जना लाई चेकजाँच गरिएको डा. महेश धामीले जानकारी दिनुभयो । उहाले चेकजाँच गरेको मध्ये ५५ जना मोतियाबिन्दुको संक्रमण फेला परेको बताउनु भयो ।

यता जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका को अध्यक्ष पदको उम्मेदवार समेत रहनु भएका उमेश दुवेले समाजसेवामा होमिएका स्थानीय राजु यादवको विशेष पहल र सहकार्यमा सम्पन्न भएको निशुल्क आँखा शिविर भोलि अर्थात बिहिवार पनि जारी राख्ने जानकारी दिनुभयो । उहाले बिहिवार फेटा गाउँपालिका वडा नम्बर १ भलुहीमा निशुल्क आँखा शिविर जारी रहने र गाउँपालिका को प्रत्येक वडा, प्रत्येक टोलमा सम्पन्न नहुन्जेल कार्यक्रम संचालन नै राख्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।