एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको दावी

एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको दावी

काठमाडौँ : एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो। परियोजनाले १० जिल्लामा ८५६ वटा प्रशारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको बताएको छ।

जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ। पत्रकार सम्मेलनमा एमसीसीअन्तरगतको एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए।

जग्गा प्राप्तिको काम शुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको उनले बताए।

यस्तै विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताउँदै उनले प्रभावित ९ जिल्लामा करिब ४७ हजार रुख काटिने भएको पनि जानकारी दिए।

एमसीए नेपालले ३ वटा मुख्य सवस्टेशनको ठेक्का सम्झौता भएको बताएको छ। नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट र नयाँ दमौली, तनहुँ खण्डको ठेक्का सम्झौता भइसकेको बताएको छ।

त्यस्तै दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको र प्रभावित क्षेत्रका जनतालाई बैंकिङ साक्षरता तालिम दिइएको बताएको छ।

त्यस्तै सडक मर्मतसम्भार आयोजनाअन्तर्गत सडक विभागलाई स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायतका सहयोग प्रदान गरेको जनाएको छ। आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।