दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं ७ मंसिर

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।

प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ गरेको थियो।

गत सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न उठाउँदै प्रसाईंले आफ्नो फेसबुकमा भिडियो समेत सार्वजनिक गरेका थिए। प्रसाईंले आजदेखि आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका थिए। संभार: अन्नपूर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।