पर्सा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रभाकर गुप्ताको सिफारिस

पर्सा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रभाकर गुप्ताको सिफारिस

पर्सा १३ पुस

नेपाली कम्युनिस्ट पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. २ बाट आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदरणीय प्रभाकर गुप्तालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीले उहाँलाई समग्र जेन जी तथा युवापुस्ताको प्रतिनिधि पात्रको रूपमा अघि सारेको जनाएको छ।

पार्टी नेतृत्वका अनुसार प्रभाकर गुप्ता युवामैत्री सोच, संगठनप्रतिको निष्ठा र जनतासँगको सक्रिय सहभागिताका कारण उम्मेदवारका रूपमा सिफारिस हुनुभएको हो। उहाँको उम्मेदवारीले पर्सा–२ मा नयाँ ऊर्जा, आशा र परिवर्तनको सन्देश प्रवाह गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ

यस अवसरमा पार्टी कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाले प्रभाकर गुप्तालाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। आगामी निर्वाचनमा उहाँको भूमिकाले युवाहरूको आवाज सशक्त रूपमा संसदमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।