युवाको साथले तातेको रामगढवा–बहुवरी : शुशिल साह कानुको घरदैलोमा युवाको जोश र परिवर्तनको आवाज

युवाको साथले तातेको रामगढवा–बहुवरी : शुशिल साह कानुको घरदैलोमा युवाको जोश र परिवर्तनको आवाज

वीरगंज २२ माघ

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा–बहुवरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमभर युवाहरुले परिवर्तन, सुशासन, रोजगारी सिर्जना र युवामैत्री नेतृत्वको आवश्यकता औंल्याउँदै उम्मेदवार कानुप्रति समर्थन जनाएका थिए।

स्थानीय युवाहरुले वर्तमान राजनीतिक अवस्थाबाट निराशा व्यक्त गर्दै नयाँ सोच र पारदर्शी नेतृत्वको अपेक्षा रहेको बताएका थिए। उनीहरुले शिक्षा, रोजगारी, खेलकुद विकास तथा युवा सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने माग पनि राखेका थिए। कार्यक्रममा सहभागी मतदाता तथा समर्थकहरुले उम्मेदवार कानुलाई जितको अग्रिम शुभकामना दिँदै आगामी निर्वाचनमा युवाको बलियो साथ रहने विश्वास व्यक्त गरेका थिए।

घरदैलोका क्रममा उम्मेदवार शुशिल साह कानुले युवाको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रको समग्र विकास, रोजगारीको अवसर सिर्जना तथा पारदर्शी शासन प्रणाली स्थापना आफ्नो प्राथमिकता हुने बताएका थिए। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. २ मा युवा सहभागिता र चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।