राजविराजमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो
राजविराजमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो

राजविराज २५ फागुन
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–७ स्थित कृष्ण मन्दिरको प्राङ्गणमा २०८२ फागुन २४ गते शनिबार ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइएको छ।
“सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम तराई मधेस महिला फाउन्डेशन नेपालका अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा दहेज मुक्त मिथिलाका अध्यक्ष करुणा झा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिका रूपमा गजेन्द्रनारायण सिंह अस्पतालका OCMC इन्चार्ज मनिषा सिमखडा सहभागी भएकी थिइन्।
त्यस्तै अतिथिका रूपमा VCT सेन्टरका इन्चार्ज सुनिता यादव लगायत स्थानीय महिला दिदीबहिनी तथा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला अधिकार, समान अवसर र सशक्तीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गर्दै समाजमा महिलाको भूमिका अझ सशक्त बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका थिए।
स्थानीय महिला तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागितासहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।






