रुकेन वीरगंजमा अवैध ढाट असुली, सांसद पन्तको कडा आपत्ति

वीरगंज २८ चैत । एकीकृत जाँच चौकी (ICP) वीरगंजबाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा उठाइँदै आएको ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन आउँदा पनि कार्यान्वयन नभएपछि जनचासो बढेको छ ।
गृह मन्त्रालयले यसअघि नै यस्तो असुली पूर्ण रूपमा अवैध भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो । तर, स्थानीय तह तथा केही समूहको संलग्नतामा सो असुली गरिहेको गुनासो आएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले कडा आपत्ति जनाएका छन् ।
सांसद पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल सँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुनः खोल्ने गरिएको पाइएकोले तुरुन्तै यस्तो अवैध असुली बन्द गर्न निर्देशन दिएका छन । उनले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे । उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा गुम्टि राखेर उठाइँदै आएको रकम न त संघीय कानुनले मान्यता दिएको छ, न त स्थानीय तहलाई यस्तो कर लगाउने अधिकार नै छ ।
भारत तथा तेस्रो मुलुकबाट आयात हुने देशकै प्रमुख आर्थिक राजश्व संकलन गर्ने वीरगंज भन्सार, आईसिपि, ड्राइपोर्ट लगायतबाट प्रत्येक ट्रकस संग वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिले अवैध रकम उठाएर देशकै बेइज्ज्ति गरिरहँदा पनि सम्बन्धि निकाय मौन देखिन्छ । व्यवसायीहरूले लामो समय देखि यस विषयमा गुनासो गर्दै आएपनी यसअघि निर्वाध रूपमा उठाउदै आएको थियो । ठेक्केदारहरूले वीरगंज भन्सारबाट निस्किने ट्रकहरूबाट ५ सय देखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली हुने गरेको छ । जसले ढुवानी लागत बढाउनुका साथै उपभोक्ता मूल्यमा समेत असर पारिरहेको छ ।
सांसद पन्तले यस बिषयमा चासो राख्दै सम्बन्धित निकायलाई आइन्दा अबैध अशुली बन्द गर्न र दोषीमाथि कारबाही गर्न कडा निर्देशन दिएका छन । उनले कानुन विपरीत हुने कुनै पनि प्रकारको असुली सह्य नहुने बताए ।
जबर्जस्ती ट्रक चालकहरूबाट प्रति गाडी ५ सय देखि १ हजार रुपैयाँ भारतीय (भारू) सम्म रकम उठाइँदै आएको गुनासो आएपछी सांसद पन्तले प्रधानमन्त्री बालेन शाह समक्ष सो बिषय बस्तुको प्रबेश गराएका पछि सरकारले सो विषयलाई सम्बोधन गर्दै अबैध असुली तुरुन्तै बन्द गर्न निर्देशन दिएको थियोे ।






