भारतको सहयोगमा बटेश्वरमा ३ करोड ४५ लाखको लागतमा विद्यालयको भवन निर्माण कार्य सुरु

भारतको सहयोगमा बटेश्वरमा ३ करोड ४५ लाखको लागतमा विद्यालयको भवन निर्माण कार्य सुरु

वीरगञ्ज ४ बैशाख

धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको शुक्रबार शिलान्यास गरिएको हो।

उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुने यस योजनाको शिलान्यास भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देव सहाय मीणा तथा बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतोले संयुक्त रूपमा गरेका हुन्।

३ करोड ४५ लाख नेपाली रुपैयाँको लागतमा निर्माण हुने विद्यालय भवनमा चार वटा कक्षाकोठासहित आवश्यक शैक्षिक पूर्वाधार निर्माण गरिनेछ। परियोजना बटेश्वर गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरेका छन्। उनीहरूले यस परियोजनाले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपाल–भारतबीचको विकास साझेदारी अन्तर्गत यस्ता परियोजनाहरूले शिक्षा, पूर्वाधार लगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।