‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो

'खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो

आइतबार ११ जेठ

काठमाडौं– ‘खतरनाक सामान’ बोकेको पानीजहाज दक्षिण भारतीय राज्य केरलाको तटपारी डुबेको छ । लाइबेरियाको ध्वजावाहक पानीजहाज एमएससी एएलएसए ३ जहाज केरलाको कोची नजिकै आइतबार डुबेको हो ।

जहाजमा रहेका सबै २४ जनाको उद्धार गरिएको छ । रक्षा मन्त्रालयका अनुसार उक्त जहाज केरलाकै भिजिन्जाम बन्दरगाहबाट कोचीका लागि प्रस्थान गरेको थियो । जहाजमा ६ सय ४० कन्टेनर थिए । तीमध्ये १३ वटामा ‘खतनाक सामान’ १२ वटामा क्याल्सियम कार्बाइड रहेको जनाइएको छ ।

जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३ सय ६७.१ मेट्रिक टन फर्नेस तेल पनि रहेको मन्त्रालयले जनाएको छ । हालसम्म समुद्रमा तेल चुहिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । संभार: खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।