बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रामकिशोर सिंह (पराग) विरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रामकिशोर सिंह (पराग) विरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्ज ३ जेष्ठ

पर्सा जिल्लामा बैंकिङ कसुर मुद्दासँग सम्बन्धित एक महत्वपूर्ण कानुनी प्रक्रियाअन्तर्गत फरार प्रतिवादी विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ। धुरेन्द्र प्रसाद कुर्मीको जाहेरीका आधारमा नेपाल सरकार बादी र प्रतिवादी रामकिशोर सिंह रहेको बैंकिङ कसुर मुद्दामा अनुसन्धानलाई प्रभावकारी बनाउन अदालतले पक्राउ अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानको क्रममा प्रतिवादी फरार रहेको, तत्काल पक्राउ नगरे मुद्दासँग सम्बन्धित प्रमाणहरू लोप वा नष्ट हुन सक्ने तथा प्रतिवादी समेत फरार भई अनुसन्धानमा बाधा पुग्ने सम्भावना रहेको उल्लेख गर्दै पक्राउ पुर्जी जारी गर्न अनुमति माग गरेको थियो।

प्रहरीको अनुरोधपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(२) बमोजिम पर्सा जिल्ला अदालत, वीरगञ्ज ले पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गरेको जनाएको छ।

पक्राउ पुर्जी जारी भएका व्यक्तिको विवरण अनुसार पर्सा जिल्लाको साविक हरपतगञ्ज गाउँ विकास समिति वडा नं. ८, हाल वीरगञ्ज महानगरपालिका वडा नं. २० निवासी पुर्व वडा अध्यक्ष एवम् उज्यालो नेपाल पार्टी पर्सा निर्वाचन  क्षेत्र १ का संसद पदका प्रत्यासी  रामकिशोर सिंह ( पराग) रहेका छन्।

यस घटनाले बैंकिङ कसुर जस्ता आर्थिक अपराधमा कानुनी निकायहरू कडाइका साथ अघि बढिरहेको संकेत दिएको छ भने फरार अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रूपमा लागेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।