उत्कृष्ट नतिजासँगै SEE उतीर्ण विद्यार्थीलाई सम्मान, डोकैला बहुअरी विद्यालयमा भव्य कार्यक्रम

उत्कृष्ट नतिजासँगै SEE उतीर्ण विद्यार्थीलाई सम्मान, डोकैला बहुअरी विद्यालयमा भव्य कार्यक्रम

वीरगञ्ज ५ जेठ

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरी, बहुदरमाई नगरपालिका–४, पर्सामा SEE परीक्षा २०८२ मा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्न विशेष कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा उतीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक अजय कुमार यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन नेपाली विषयका शिक्षक दिलिप परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक किरन प्रसाद यादवले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सामाजिक अध्ययन विषयका शिक्षक रामबालक प्रसाद यादव तथा गणित शिक्षक भगत प्रसाद यादवले विद्यार्थीहरूको मेहनत, अनुशासन र सफलताको प्रशंसा गर्दै प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।

सम्मान कार्यक्रममा SEE परीक्षा उतीर्ण विद्यार्थीहरूलाई गम्छा, प्रमाणपत्र तथा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

विद्यालय परिवारले विद्यार्थीहरूको उपलब्धिलाई विद्यालयको गौरवको रूपमा लिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने विद्यार्थी तथा अभिभावकहरूले विद्यालयको यस पहलको प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।