बैंकिङ कसुर मुद्दामा उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा उज्यालो नेपालका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्ज १असार

बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका भनिएका उज्यालो नेपाल पार्टीका मधेश प्रदेश अध्यक्ष तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का पूर्व प्रतिनिधिसभा उम्मेदवार रामकिशोर सिंह (पराग) विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

धुरेन्द्र प्रसाद कुर्मीको जाहेरीका आधारमा दर्ता भएको नेपाल सरकार वादी तथा रामकिशोर सिंह प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

रामकिशोर सिंह वीरगञ्ज महानगरपालिका–२० का निवर्तमान वडाध्यक्षसमेत हुन्। उनी उज्यालो नेपाल पार्टीका मधेश प्रदेश अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवारसमेत रहेका छन्।

प्राप्त विवरणअनुसार मुद्दामा संलग्न प्रतिवादी हाल सम्पर्कविहीन रहेको र फरार अवस्थामै रहेकाले पक्राउका लागि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धान अधिकारीहरूले निजलाई तत्काल पक्राउ गरी अदालतमा उपस्थित गराउन आवश्यक पत्राचार तथा खोजतलास तीव्र बनाइएको बताएका छन्।

प्रहरी स्रोतका अनुसार आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा प्रमाण संरक्षण, अनुसन्धानको निष्पक्षता तथा प्रतिवादीको उपस्थितिलाई विशेष प्राथमिकता दिइने भएकाले खोजी कार्यलाई तीव्र पारिएको छ। प्रहरीले फरार प्रतिवादीको खोजी जारी रहेको र पक्राउपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।