सेवा गर्न धन होइन मन चाहिन्छ:- समाजसेवी अभिमन्यु जायसवाल
सेवा गर्न धन होइन मन चाहिन्छ:- समाजसेवी अभिमन्यु जायसवाल

धर्मेन्द्र कुमार कुर्मी / कृष्णानगर १अषाढ
कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेको हुन्छ तर गर्मी मौसममा बजार गर्न आउने व्यक्ति हरूलाई तिर्खा मेटाउन महगो मूल्यमा पानी किनेर खानु पर्ने बाध्यता हुने गर्दछ।
सोही समस्या लाई समाधान गर्न मनका धनी बढ्नीका समाजसेवी तथा व्यापारी अभिमन्यु जायसवालले आफ्नो जिम्मेवारी निर्वाह गर्दै बटुवा हरूका लागि निःशुल्क, शुद्ध र चिसो पानीको व्यवस्थापन गरेर मिसाल पेश गरेका छन्।
बढ्नीमा बार्षिक अर्बौ कमाउने व्यापारी तथा अन्य व्यक्ति हरु छन् तर अरूले पैसा कमाएर आफ्नो सोच्ने गरेको तर
समाजसेवा गर्न अरू भन्दा एक कदम अगाडि बढेर अभिमन्यु जायसवालले सबै लाई चकित बनाउदै बढ्दो गर्मी याममा मान्छेको तिर्खा मेटाउन निःशुल्क पानीको व्यवस्थापन गरेर सो क्षेत्रमा अलग पहिचान बनाउन सफल रहेको स्थानीय हरूले उहांको खुलेर तारिफ गर्छन्।
अर्को तिर कुनै राजनैतिक रुपमा सक्रिय नरहने जयसवाल समाजसेवामा अगाडि आएर गरेको काम अनुकरणीय रहने गर्दछ। स्थानीय हरूसंग कुरा गर्दा पैसाले मात्र मान्छे समाजसेवा गर्न नसक्ने बताउदै जयसवालको मन मुटु नै समाजसेवा तर्फ आकर्षित रहेको बताए। उहा हरेकको दुःख सुखमा साथ दिदै मृदुभाषी र सरल व्यवहार भएका व्यक्ति रहेको समेत स्थानीय हरु बताउछन्।





