वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया

वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया

वीरगञ्ज ६ असार

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जनताको हित, विकास निर्माणका कार्यहरू, सुशासन तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी जनप्रतिनिधिहरूले आ–आफ्नो वडाका आवश्यकता, समस्या र विकासका प्राथमिकताबारे धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।

अन्तरक्रियाका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास योजनाहरू लाई थप प्रभावकारी बनाउने, जनगुनासोको समयमै सम्बोधन गर्ने तथा नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण वडा सदस्य तथा जनप्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनसेवा लाई अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।