श्रीहरि नेपालको हरित अभियान : १०० फलदार बिरुवा गाउँ–गाउँमा वितरण

श्रीहरि नेपालको हरित अभियान : १०० फलदार बिरुवा गाउँ–गाउँमा वितरण

वीराटनगर १४ असार

श्रीहरि सत्संग समिति नेपाल को केन्द्रीय कार्यालय वीराटनगरमा आयोजित एक भव्य कार्यक्रममा विभिन्न जिल्लामा रोपणका लागि १०० फलदार बिरुवा वितरण गरिएको छ। देवेनरा मून्दडा परिवारको सहयोगमा प्राप्त बिरुवाहरू सप्तरी, सिरहा, इलाम, झापा, सुनसरी र मोरङ जिल्लाका गाउँहरूमा रोपणका लागि पठाइएको जनाइएको छ। अन्य जिल्लाहरूमा समेत आगामी दिनमा बिरुवा पठाइने संस्थाले जनाएको छ।

कार्यक्रम भीखमचन्द सरल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतस्थित एकल श्रीहरी बनवासी विकास ट्रस्ट का संरक्षक बिनोद अग्रवाल को विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय नगर समिति नेपालका अध्यक्ष घनश्याम कावरा, सचिव इ. प्रकाश भक्त जोशी, कोषाध्यक्ष शिवरतन जोशी, सदस्य भक्तिनाथ माझी, विराटनगर सम्भाग समिति अध्यक्ष महेश कुमार स्वर्णकार, भवानी शंकर बोहरा तथा देवेनरा मून्दडा परिवारका तर्फबाट वेनी गोपाल मून्दडा लगायत विभिन्न नगरका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा संस्कार शिक्षा प्रमुख बोदिया चौधरी लाई स्वरोजगार तथा स्वाबलम्बनका लागि एक थान सिलाइ मेसिन हस्तान्तरण गरिएको थियो।

संस्थाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक सेवाको उद्देश्यसहित आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।