वन मुद्दाका फरार प्रतिवादी मठु मियाँ पक्राउ
वन मुद्दाका फरार प्रतिवादी मठु मियाँ पक्राउ

वीरगञ्ज १५ साउन
पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोलीले वन मुद्दामा अदालतबाट १ वर्ष ३ महिनाको कैद र रु. २ लाख १४ हजार जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी मठु मियाँलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज–३१ कठगेन्वा गाउँबाट उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सव–डिभिजन वन कार्यालय, सबैया पर्सामा बुझाएको जनाएको छ।
वन ऐन, २०७६ अनुसार वनसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिमाथि कैद तथा जरिवाना सजायको व्यवस्था छ। अदालतको फैसला कार्यान्वयन गर्दै फरार प्रतिवादीलाई पक्राउ गर्नु नेपाल प्रहरीको कानुनी दायित्वभित्र पर्ने कार्य हो भने वन मुद्दासम्बन्धी थप प्रक्रिया सम्बन्धित वन कार्यालयले अगाडि बढाउने व्यवस्था रहेको छ।






