हर्दिया मन्दिर परिसरमा बन्यो चौतारी पार्क, असलम आलमद्वारा उद्घाटन
हर्दिया मन्दिर परिसरमा बन्यो चौतारी पार्क, असलम आलमद्वारा उद्घाटन

पर्सागढी, २७ भदौ
वातावरण संरक्षण तथा धार्मिक–सामुदायिक क्षेत्रको सौन्दर्यीकरणलाई लक्षित गर्दै पर्सागढी नगरपालिका–५ स्थित हर्दिया मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ।
वन डिभिजन कार्यालय पर्साको वार्षिक कार्यक्रमअन्तर्गत निर्माण गरिएको चौतारी पार्कको उद्घाटन सवैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष, पर्सागढी नगरपालिकाका नगरसभा सदस्य तथा पूर्व वडा अध्यक्ष असलम आलमले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वातावरण संरक्षणसँगै सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवर्द्धनमा यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्याउने बताइएको थियो।
मन्दिरमा आउने श्रद्धालु तथा स्थानीयवासीका लागि विश्रामस्थलका रूपमा समेत चौतारी पार्क उपयोगी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश प्रसाद यादव, आमोदिन हवारी, वीरेन्द्र तिवारी, मनमोध यादव लगायत स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।






