तरुण दल पर्साको नेतृत्व विस्तार : उपनेश कुमार चौरसिया उपाध्यक्षमा नियुक्त
तरुण दल पर्साको नेतृत्व विस्तार : उपनेश कुमार चौरसिया उपाध्यक्षमा नियुक्त

वीरगञ्ज २८ भदौ
नेपाल तरुण दल, पर्सा जिल्ला कार्यसमितिले संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले जिल्ला कार्यसमितिलाई पूर्णता दिने क्रममा उपनेश कुमार चौरसियालाई उपाध्यक्ष पदमा नियुक्त गरेको छ।
बिन्दवासिनी गाउँपालिका–४, पर्साका चौरसियालाई मिति २०८३ भदौ २८ गतेको निर्णयअनुसार नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा नियुक्त गरिएको हो।
तरुण दलले युवालाई नेपाली कांग्रेसको लोकतान्त्रिक राजनीतिक अभियानसँग जोड्दै संगठनलाई गाउँ–टोल तहसम्म थप सुदृढ बनाउने, युवाको सहभागिता बढाउने तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने लक्ष्यसहित जिल्ला कार्यसमितिलाई पूर्णता दिइरहेको जनाएको छ।
नवनियुक्त उपाध्यक्ष चौरसियाले संगठनको विधान, नीति, निर्णय तथा नेतृत्वको निर्देशनअनुसार इमानदारी, अनुशासन, पारदर्शिता र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पर्सा कांग्रेसको राजनीतिमा तरुण दललाई युवाको राजनीतिक सहभागिता र संगठन विस्तारको महत्वपूर्ण आधारका रूपमा हेरिँदै आएको छ। पछिल्लो नियुक्तिसँगै जिल्ला कार्यसमितिको संगठनात्मक सक्रियता बढ्ने तथा आगामी दिनमा युवा लक्षित राजनीतिक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
तरुण दल पर्साले चौरसियाको नियुक्तिले संगठनलाई थप गतिशील बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनको सफल कार्यकालको शुभकामना दिएको छ।





