भगवान् हनुमान् जी प्रति आस्थावान् फिल्ल हनुमान् अंशको अवसरमा सनातन हिन्दू मोर्चा द्वारा लड्डु वितरण 

भगवान् हनुमान् जी प्रति आस्थावान् फिल्ल हनुमान् अंशको अवसरमा सनातन हिन्दू मोर्चा द्वारा लड्डु वितरण 

बीरगञ्ज 30 भाद्र 

भगवान् हनुमान् जी प्रति आस्थावान् फिल्ल हनुमान् अंशको अवसरमा आज सनातन हिन्दू मोर्चा बीरगञ्ज महानगरपालिका समिति द्वारा लड्डु वितरण गरियो। ऋषिपञ्चमी पर्व सँगै गणेश चतुर्थीको आज दोश्रो दिन जय श्रीराम जय सियाराम जय हनुमानको नारा सहित एतिहासीक हनुमान मन्दिर महाविर स्थानमा सामूहिक पूजापाठ गरी मन्दिर स्थान वरिपरि, फिल्म चलिरहेको A MAX सिनेमाहल बाईपास रोड, त्रीमुत्री सिनेमा हल मुर्ली, बीरगञ्ज न्यूरो अस्पतालका कुरुवाहरु, शक्तिपिठ श्री गहवा माई मन्दिर क्षेत्र र श्री गणेश पुजा स्थलमा लड्डु वितरण गरिएको थियो।

सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाईमा भएको कार्यक्रममा सनातन हिन्दू मोर्चाका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्यहरु योगेन्द्र प्रसाद कलवार, अरबिन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, बीरगञ्ज नगर समितिका मंत्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली, नगर सद्स्यहरु सागर साह,विकी साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा,कृष्ण मोहन वर्नवाल लगाएतको उपस्थिति रहेको थियो।

पृथ्वीमा आज पिन जीवित रहनु भएका भगवान् हनुमान् जी को सम्मान एवं सनातन धर्म संस्कृति लाई समेट्दै बनेको हनुमान् अंश फिल्म निर्माण गर्ने सम्पूर्ण टिम लाई समेत मोर्चाले आभार व्यक्त गरेको छ।करिब 300 पिस अर्थात 12 केजी लड्डु वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।