छठ पूजाका लागि ५१ विपन्न परिवारलाई पूजा सामग्री वितरण
छठ पूजाका लागि ५१ विपन्न परिवारलाई पूजा सामग्री वितरण

राजविराज २८ कार्तिक
राजविराज नगरपालिका वडा नम्बर ६ स्थित पुर्नी पोखरी टोलका विपन्न परिवारलाई छठ पूजाका लागि साडी, नरिवल, सिँगारका सामग्री लगायतका पूजा सामग्री वितरण गरिएको छ।
तराई मधेश महिला फाउन्डेसन नेपाल, राजविराज सप्तरीको आयोजनामा स्थानीय ५१ जना विपन्न परिवारलाई छठ पूजाका लागि आवश्यक सामग्री वितरण गरिएको हो।
संस्थाकी अध्यक्ष सुनिता कुमारी साहले हरेक वर्षझैँ यस वर्ष पनि संस्थाले विपन्न परिवारलाई छठ पूजाका सामग्री सहयोग गरेको जानकारी दिनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।
साडी, नरिवल, सिँगारका सामग्री लगायतका आवश्यक पूजा सामग्री पाएपछि स्थानीय विपन्न परिवारले खुसी व्यक्त गरेका छन्। संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






