नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ३ मा क्षेत्रीय तथा प्रदेशसभा नेतृत्व सर्वसम्मत निर्वाचित पार्टी संगठनलाई थप सुदृढ बनाउने
नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ३ मा क्षेत्रीय तथा प्रदेशसभा नेतृत्व सर्वसम्मत निर्वाचित पार्टी संगठनलाई थप सुदृढ बनाउने

रौतहट ६ मंसिर
नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. ३ मा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा नगर सभापतिहरू सर्वसम्मत निर्वाचित भएका छन्। सर्वसम्मत नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप मजबुत, एकताबद्ध र क्रियाशील बनाउने अपेक्षा गरिएको छ।
क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा राम विश्वास महतो सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी, प्रदेशसभा क्षेत्र ३(क) को सभापतिमा लक्ष्मण चौधरी र प्रदेशसभा क्षेत्र ३(ख) को सभापतिमा युगल किशोर दुबे सर्वसम्मत चयन हुनुभएको छ।क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा राम विश्वास महतो सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी, प्रदेशसभा क्षेत्र ३(क) को सभापतिमा लक्ष्मण चौधरी र प्रदेशसभा क्षेत्र ३(ख) को सभापतिमा युगल किशोर दुबे सर्वसम्मत चयन हुनुभएको छ।
क्षेत्र नं. ३ अन्तर्गतका विभिन्न नगरपालिकामा समेत नगर सभापतिहरू सर्वसम्मत निर्वाचित भएका छन्। गुजरा नगरपालिकाको सभापतिमा ईनजेमामुल हक, देवाही गोनाही नगरपालिकाको सभापतिमा पवन प्रसाद कुशवाहा, फतुवा विजयपुर नगरपालिकाको सभापतिमा सुमन यादव, मौलापुर नगरपालिकाको सभापतिमा मुनिस कुमार यादव (शर्फलाल) र कटहरिया नगरपालिकाको सभापतिमा रुप नारायण चौधरी चयन हुनुभएको छ।
सर्वसम्मत रूपमा निर्वाचित सबै पदाधिकारीलाई नेपाली कांग्रेसका जिल्ला संयोजक रविन चन्द्र कोइरालाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नवनिर्वाचित नेतृत्वको कार्यकाल सफल रहोस् र पार्टी संगठनलाई जनतासँग थप जोड्दै राजनीतिक, सामाजिक तथा सांगठनिक गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरू रमेश खरेल, ब्रज किशोर सिंह, उमेश चन्द्र तिवारी लगायतका नेताहरूले मन्तव्य व्यक्त गर्दै सर्वसम्मत नेतृत्व चयनलाई पार्टीभित्रको एकता, सहमति र संगठनात्मक समन्वयको सकारात्मक सन्देशका रूपमा लिनुभएको थियो।
क्षेत्रीय, प्रदेशसभा र नगर तहमा सर्वसम्मत नेतृत्व चयन हुनुले कांग्रेसको आन्तरिक एकतालाई बलियो बनाउने र आगामी राजनीतिक गतिविधिमा संगठनलाई थप गतिशील बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन्।





