मानवीय सेवा मा श्री भवानी होस्पिटल

वीरगञ्ज १४ चैत्
विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज श्री भवानी होस्पिटल एण्ड रिसर्च सेन्टर ले वीरगञ्ज महानगरपालिका का मेयर विजय सरावगी र स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतो को विशेष अनुरोध मा वीरगञ्ज को चिनी मेल स्थित सिद्धार्थ मा. वि स्कुल मा Covid -19 कोरोना को बिरामी हरुको लागि १० वटा वेड ,मेट्रेशर वेड सिट महानगरपालिका लाई श्री भवानी होस्पिटल एण्ड रिसर्च सेन्टर ले सहयोग गरेको छ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका भित्र खटिएका नेपाल प्रहरी, सस्त्र प्रहरी र नगर प्रहरी हरु लाई विश्व भरी फैलिएका महामारी को रूप मा कोरोना भाईरस बाट बचनको लागि माक्स,सेनिटाईजर, पन्जा वितरण गरिएको छ।
साथै सुरक्षामा खटिएका सुरक्षाकर्मी हारुलाई खाजा र पानी पनि बितरण गरिएको होस्पिटल का प्रबन्धक निर्देशक राम श्रेष्ठ ले बताए।






