उपेन्द्र- बाबुराम निकट समुहले राष्ट्रपति र प्रधानमन्त्री को बिरोध मा गरे मसला जुलुस प्रदर्शन

वीरगञ्ज, १९ जेठ

जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र-बाबुराम निकट समूहले पर्साको विभिन्न स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा मसला जुलुस प्रदर्शन  छन् ।

बिभिन्न किसिमका का नारा लगाउँदै राष्ट्रपति मुर्दाबाद र प्रधानमन्त्री मुर्दाबाद भन्दै संसद् विघटन र निर्वाचन घोषणा उपेन्द्र-बाबुराम निकट नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जिल्लाका विभिन्न स्थानीय तहहरुमा मसाल जुलुस निकालि प्रदर्शन गरेका हुन्।

यादवले पार्टीको प्रदेश समितिको जेठ १३ र १४ गते बसेको बैठक अनुसार संसद् विघटन र निर्वाचन घोषणा विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमहरु सुरु गरिएको बताए ।

सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बाईपास रोडमा राष्ट्रपति विधा देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध मा मसाल जुलुस प्रदर्शन गरेका हुन।

सो कार्यक्रममा नगर अध्यक्ष   ईश्वर चन्द्र यादव ,शेख रुस्तम उपाध्यक्ष , वडा अध्यक्ष   तुफान अंसारि ,     युवा  नेता  नुरआलम अंसारि , समाजवादी युवा संघ का युवा अध्यक्ष गौरभ वर्मा  , वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे , सचिव मन्टु गिरी लगायतका पार्टी का नेता कार्यकर्ता को सहभागिता रहेको   वीरगञ्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।