एमसीसी विकास योजना हो, विवाद झिक्नुको अर्थ छैन -महन्थ ठाकुर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विकास योजना रहेको भन्दै विवादमा ल्याउनु अर्थहिन भएको बताएका छन् ।शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध विकाससँग जोडिएको बताएका हुन् ।
सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउन यो महत्वपूर्ण विषय रहेको भन्दै विवाद गर्न नहुने टिप्पणी गरे । यस्तै उनले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउँदै छोडेर जानेहरुलाई रोक्न नसकिने उल्लेख गरेका छन्। नेपाल पाना






