चुनावमा कर्तुत देखाउने माओवादीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले काट्यो पत्र, २४ घण्टे अल्टिमेटम

काठमाडौँ- निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले चुनाव प्रभावित पार्नेगरी हर्कत गरेपछि आयोगले २४ घण्टे पत्र काटेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले मुख्यमन्त्री भट्टलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनकाअनुसार भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने लगायतको आश्वासन दिएर निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्ति दिएका थिए । उनकाअनुसार आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ । दुबै जनालाई कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

पोखरेलले एक अन्तर्वार्तामा निर्वाचन आयोग दलीय दबाबबाट मुक्त नभएको आरोप लगाउँदै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।