जेसी राजकुमार साह माथि अविस्वासको प्रस्ताव दर्ता

एउटा युवालाई समाजमा स्थापित गराई उसलाई उत्कृष्ट बनाउने नै जेसिसको मुख्य काम हो ।  जेसिसको आस्था पाठमा भन्ने गरिन्छ की शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ । तर जनकपुर जेसिसमा त्यसको  उल्टो भएछ । शासन विधिको नभइ व्यक्ति भएको छ ।

जेसिस जनकपुर शाखमा शाखाको कुनै क्रियाकलाप गर्दा आफ्नो मनोपली ढङ्गले गर्ने र सदस्यता नवीकरण, संचालक समितिको सम्पूर्ण पदाधिकारीलाइ तह लगाउने, फोनबाट धम्की दिने, कुनै पनि कार्यक्रमको हरहिसाब नदिने, जथाभावी पत्र काट्ने, पूर्व अध्यक्षहरु सम्झाउदा अटेर गर्ने जस्ता विभिन्न किसिमका क्रियाकलापबाट दिक्क भएर जेसिस जनकपुर शाखा वर्ष २०२२ का अध्यक्ष राज कुमार साह माथी अबिस्वास को प्रस्ताव दर्ता भएको छ ।

जनकपुर शाखाको जेसी मनोज कुमार साह IPP, जेसी राजेन्द्र कुमार साह EVP, जेसी मुकेश कुमार साह EVP, जेसी अजय कुमार गुप्ता – महासचिव, जेसी उपेन्द्र कुमार साह – कोषाध्यक्ष, जेसी भबेष झा- उपाध्यक्ष, जेसी रजनिश कुमार साह- उपाध्यक्ष, जेसी नितेश जयसवाल- उपाध्यक्ष, जेसी श्त्रुधन कुमार साह- उपाध्यक्ष लगायतले संयुक्त हस्ताक्षर गरी अविस्वासको प्रस्ताव दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।