नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरे

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

राजदूत श्रीवास्तवले बिहीबार पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता पौडेलको निजी सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको र वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका छन् -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।