राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने

राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने भएका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

‘राष्ट्रपतिज्यूलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनः विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकको निर्णयमा भनिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा मंगलबार नै पेस भइसकेको छ।

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक संसदबाट हुबहु पठाउनुर्छ : नेता कंडेल
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्ने बताएका छन्। मंगलबार प्रनिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन्।

उनले लाखौँ नागरिक नागरिकताविहीन भएकाले तत्काल नागरिकता विधेयक ल्याउन आवश्यक रहेको बताए। सांसद कँडेलले संसद्ले पुनः विधेयक प्रमाणीकरणको लागि पठाउँदा संसदमा फिर्ता पठाउने कानुनी व्यवस्था नभएको बताए। उनले दुवै सदनबाट नागरिकता विधेयक पास भएकाले फास्ट ट्रयाकबाट प्रक्रिया पूरा गरी प्रमाणीकरणको लागि त्यही विधेयक फिर्ता पठाएर कार्यान्वयन गराउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।