५० हजार मेट्रिक टन चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र


काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको हो । उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो । ‘जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको अनौपचारिक जानकारी आएको छ’ सचिव मरासिनीले भनेका छन् । साथै, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान माग गरिएको उनले जानकारी दिए । अनलाइनखबर