कानु समाज नेपाल पर्सा द्वारा प्रसाद वितरण कार्यक्रम सम्पन्न 

वीरगञ्ज ४ कार्तिक

हिन्दुहरुको महान चाड पर्व बडा दशै, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आज वीरगन्जमा कानु समाज नेपाल पर्सा द्वारा प्रसाद वितरण सम्पन्न भएको छ।

वीरगञ्ज स्थित गहवामाईको मेलामा दर्शनार्थीहरू लाई प्रसाद वितरण गरिएको हो। मेलामा दर्शनार्थीहरू लाई करिब ३ हजार जनालाई प्रसाद वितरण गरिएको छ ।

सो कार्यक्रममा कानु समाज नेपालका राष्ट्रिय अध्यक्ष किशोरी साह कानु,कानु समाज नेपाल पर्साका उपाध्यक्ष सोनालाल गुप्ता , कोषाध्यक्ष ओमप्रकाश साह कानु, सदस्य राजन साह , अकलेश साह, रुपनारायण साह कानु , जियालाल गुप्ता, मनोहर गुप्ता लगायतका स्वजातियहरुको उलेख्निय सहभागिता रहेको थियो। त्यसैगरी कात्तिक १८ गते शनिबार का दिन समाजको आयोजनामा घडिअर्वा अशोक वाटीका

स्थित शिवा पार्बती धर्मशाला मा आउदै गरेको दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने समाज का सचिव श्रवण प्रसाद साहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।