पाल्हिनन्दन गाउँपालिकाले पठायो भूकम्प पीडितको लागि राहत सामाग्री

पाल्हिनन्दन गाउँपालिकाले पठायो भूकम्प पीडितको लागि राहत सामाग्री

रंजीत शर्मा २३ नवलपरासी

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले भूकम्प पीडितको लागि राहत सामाग्री पठाएको छ।

गत १७ गतेका दिन जाजरकोट र रुकुम (पश्चिम) मा गएको भुकम्पबाट प्रभावित भएकाहरुको व्यक्तिका लागि राहत सामाग्रीहरु आज एक गाडी गरी पश्चिम रुकुम पठाएको छ।

रुकुम पश्चिमको लागि चामल १० क्विन्टल ,चिउरा ५ क्विन्टल , कम्बल ५० पिस , त्रिपाल ५० पिस , साबुन ४०० पिस , सरफ
१०० पिस , सेनिटरी प्याड १० कार्टुन पठाइएको पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) ले जानकारी दिएका छन्।

जिल्ला प्रशाशन रुकुम पश्चिमलाई एउता पत्र लेख्दै सामाग्री हरुको उचित वितरण तथा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।