नगवा बिकास समितिद्वारा खुल्ला रक्तदानको आयोजना

नगवा बिकास समितिद्वारा खुल्ला रक्तदानको आयोजना

वीरगंज ३० मंसिर

वीरगंज महानगरपालिकामा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको नगवा स्थित रहेको श्री बौधीमाइ मन्दिरको परिसरमा नगवा बिकास समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

पर्सामा दिन प्रतिदिन रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई मध्यनजर गरि नगवा बिकास समितिले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जयराम ठाकुर, जइनुल मियाँ अंसारी, रामकृष्ण पटेल, मिर हुसेन लगायतले रक्तदान गरे आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।