पारदर्शिताको नमुना मौलापुर नगरपालिकाद्धारा मधानी महोत्सवको खर्च विवरण सार्वजनिक

पारदर्शिताको नमुना मौलापुर नगरपालिकाद्धारा मधानी महोत्सवको खर्च विवरण सार्वजनिक

रौतहट २९ फागुन

रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सव–२०८० को खर्च विवरण आज सार्वजनिक गरिएको छ । मौलापुर स्थित पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउँने संकल्प सहित मधानी महायज्ञ हुदै आएको छ ।

मौलापुर नगरपालिकाको आयोजनामा भएको मधानी महोत्सव २२ फागुन देखी २६ फागुनसम्म पाँच दिन चलेको थियो । मधानी महोत्सवमा ७३ लाख २५ हजार खर्च भएको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहले जनाएका छन् । यति कम खर्चमा पाँच दिनसम्म भव्य महोत्सव हुनु र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका पुजारी, खेलाडी, कलाकार लगायतको सहभागिता हुनुलाई सर्वसधारणले स्वागत गरेका छन् ।

‘५ दिवसीय महोत्सवमा जम्मा खर्च ७३ लाख देखिनु यो आफैमा मितब्यीताको नमुना हो । सरकारी निकायहरु अपारदर्शिता एवं लुटको केन्द्र बनिरहेको सन्दर्भमा मौलापुरले आफनो खर्च बिवरण सार्वजनिक गरेर मितब्यीता र पारदर्शिताको क्षेत्रमा उदाहरणीय कार्य गरेको छ’ मौलापुरका राधेश्याम पटेलले भने ।

पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाले मधानी महोत्सव गर्दै आएको छ ।

महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा आहुजा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्द कलाकार तथा खेलाडीहरूको सहभागिता, बाबाधामको मुल पुजारीहरु र संस्कृत बिश्व बिधालयको आचार्यहरुले मन्दिरमा पुजा गराएका थिए ।

साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा थियो र बिभीन्न शिव मण्डली सहितको शिवलिला प्रदर्शन गरिएको थियो । दुनियालाई तरंगित गर्ने यस्तो बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको स्थानीयहरु बताउँछन् ।

‘सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य हो । मौलापुर नगरपालिका बिकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रभावकारी काम गर्दै आएको छ’ स्थानीय सोनालाल गुप्ताले भने ।

फागुन २३ गते शिवको बारात यात्रा, २४ गते मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता भएको थियो ।

मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता रहेको थियो । बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो । त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो । उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले मौलापुर नगरपालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।