वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन दबाब दिने उदेश्यले बृहत भेला गर्दै आजपा

वीरगंज । आम जनता पार्टी (आजपा)ले ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलाको आयोजना गर्दैछ । आउँदो बुधबार ९१६ जेठ०मा वीरगंजको टाउनहल सो भेला हुदैछ ।
आजपा जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको भेला पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आथित्यतामा सम्पन्न हुनेछ । भेलामा वीरगंज उधोग बाणिज्य संघ, वीरगंजका उधोगी व्यापारी, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरु लगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जनाएका छन् ।
देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले भेलाको आयोजना गरिएको आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् ।
बीरगंज देशकै आर्थिक राजधानी हो । बारा, पर्सामा सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो । सबैभन्दा बढी राजस्व वीरगंज भन्सारबाटै उठने गरेको छ’ कुशवाहाले भने, ‘वीरगंज देशकै आर्थिक राजधानी भएकाले यसको बिकास त्यही रुपमा हुनुपर्छ । राजस्व उठाउने तर यहाँ सरकारले लगानी नगर्ने बिषय राम्रो होईन् । त्यसैले हामीले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गरेर यहाँ त्यही हिसाबले सरकारले लगानी गर्नुपर्छ भन्ने माग गरेको हो ।’
कार्यक्रमलाई सफल पार्नका लागि आजपाले बिभिन्न ठाउँमा छलफल गरिरहेको छ । बिभिन्न ठाउँमा भेला, छलफल एवं कमिटी निर्माण गर्दै आजपाका नेताहरु अगाडी बढीरहेका छन् । सोही क्रममा आज पर्साको पोखरी नगरपालिकाको वडा नं।७ मा वडा स्तरीय महिला भेला सम्पन्न भएको छ । आजपा निकटको आम महिला मोर्चाको सो भेलाबाट अध्यक्षमा शोभा देवी, उपाध्यक्षमा लक्ष्मी देवी, उमा देवी, कलावती देवी सचिवमा सुशिला देवी, सहसचिवमा शिवदुलारी पासवान रहेको ४१ सदस्यीय कमिटी गठन भएको आजपा पर्साका इन्चार्ज कदम रसुलले जनाएका छन् ।
आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाका अनुसार बिभिन्न ठाउँमा भईरहेको भेला, छलफलहरुमा पार्टीका सचिव कौशीक, प्रदेश अध्यक्ष कुशवाहा, पर्सा सचिव विश्वराज पटेल लगायतको बिशेष सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।