बलात्कार आरोपी उपसचिव रुपेशकुमार साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

बलात्कार आरोपी उपसचिव रुपेशकुमार साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

जेठ २८ जनकपुरधाम

जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।

पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साह आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

साहले पीडितका श्रीमान् नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएका थिए । सभार : अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।