अवैध तरिकाले भित्रिएको DC prot नामक प्रोटिन बिक्री हुँदै
अवैध तरिकाले भित्रिएको DC prot नामक प्रोटिन बिक्री हुँदै

वीरगंज २४ असोज
आजकाल अवैध तरिकाले भित्रिएको DC prot नामक प्रोटिन वीरगंज लगायत आसपासका क्षेत्रमा रहेको औषधी पसलहरु बिक्री भईरहेको देखिएको छ।
डाक्टरहरु लाई कमिसनको आडमा सो प्रोटिन लेखाउने गरेको देखिन्छ छ। सो कम्पनीका बजार प्रतिनिहरुले व्यापक रूपमा कमिसन दिने गरेको देखिन्छ अरु प्रोटिन किन्दा डक्टरहरुले नमान्ने गरेको एक सेवाग्राहीले बताएका छन्।
बजारमा धेरै कम्पनीका प्रोटिनहरु पाईरहेका देख्छौ तर DC prot भन्ने नामक प्रोटिन नेपालमा दर्ता नभएको र अवैध तरिकाले नेपाली बजारमा भित्राएको देखिन छ ।
केही दिनअघि वीरगंजको वडा नं १६ मा सशस्त्र प्रहरीले नगवा स्थित ३ वटा घरमा छापा मारेको थियो सो कार्यक्रममा २२ लाख बराबरको कपडा बरामद भएको थियो। सो छापा मारीमा DC prot नामक प्रोटिन पनि बरामद भएको थियो।






