प्रधासेनापति सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथीको उपाधि

प्रधासेनापति सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथीको उपाधि

काठमाडाै‌ं २७ मंसिर

नेपालका प्रधासेनापति अशोकराज सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको उपाधि दिइएकाे छ ।

आज बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित एक विशेष सुशोभन कार्यक्रममा प्रधासेनापति अशोकराज सिग्देललाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।

उक्त समाराेहपछि प्रधासेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल मंसिर २६ मा भारत गएका हुन् । उनी मंसिर २९ गते नेपाल फर्कनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।