एक संस्था द्वारा दुई वटा विद्यालय मेसिन र प्याड वितरण
एक संस्था द्वारा मेसिन र प्याड वितरणदुई वटा विद्यालय मेसिन र प्याड वितरण

वीरगञ्ज ५ फागुन
पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित रहेको ग्रामीण रिसर्च राम जानकी बागिया को आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ कि जुही कलवारको आर्थिक सहयोगमा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान पर्साको सहकार्यमा वीरगंज महानगरपालिका वडा नम्बर ३१ मा रहेका दुईवटा विद्यालय श्री लक्ष्मी देवी बाबुलाल हंस बाहनी माध्यमिक विद्यालय कोन्हिया र श्रीनेपा राष्ट्रिय माध्यमिक विद्यालय सोलखपुर मा सेनेटरी प्याड र मेसिन हस्तान्तरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि जुही कलवार खासगरी विद्यालयमा पढ्न आएकी छात्राहरूलाई अचानक महिनवारी हुँदा त्यतिखेर प्याडहरू उपलब्ध नहुँदा समस्या हुने गरेकोले यस्तो समस्याबाट छुटकारा होस् भन्ने उद्देश्यले आफू यो मेसिन र प्याड वितरण गरिएको बताइन्।
कार्यक्रममा एकल विद्यालय पर्सा कि सचिव अङ्कित अग्रवाल विशिष्ट सहयोगी पुष्पा चमरिया सदस्य जङ्गबहादुरदास लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा दुवै स्कुलका प्र दिनेश चौरासिया र राजु माविको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमको सहजीकरण हरिन्द्रप्रसाद चौधरी ले आफ्नो स्कुलको कार्यक्रमको सहजीकरण गरेका थिए भने सुजन ढङ्गले आफ्नो स्कुलको सहजीकरण गरेका थिए।






