राप्रपा पर्साद्वारा आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै टायर बालेर प्रदर्शन

राप्रपा पर्साद्वारा आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै टायर बालेर प्रदर्शन

वीरगंज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) पर्साले शनिवार वीरगंजको घण्टाघर चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको छ ।
काठमाडौँमा शुक्रवार राजवादीहरूले गरेको आन्दोलन र विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई यथाशीघ्र रिहा गर्नुपर्ने माग सहित उनीहरूले घण्टाघर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका नेताहरूले गिरफ्तार गरिएका आफ्ना नेता र कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरूले यदि यो माग पूरा नभए भोलि देखि वीरगंज बजार बन्द गर्ने चेतावनी समेत दिएका छन् । “हाम्रा साथीहरूको रिहाइ नभए हामी चुप लागेर बस्दैनौं, आन्दोलनलाई थप सशक्त बनाउँछौं,” एक नेताले भने ।यसैबीच, स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले प्रदर्शनकारीहरूलाई संयमित रहन आग्रह गरेको छ भने स्थिति तनावपूर्ण बन्न सक्ने आशंकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घण्टाघरमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।

राप्रपा पर्साका जिल्ला उपाध्यक्ष अवधकिशोर साहको नेतृत्वमा भएको सो बिरोध प्रदर्शनमा केन्द्रिय सदस्य अंगत ठाकुर, पूर्व केन्द्रिय सदस्य नगिना यादव, पर्सा निर्वाचन समिति सदस्य धुरेन्द्र पटेल, संगठन विभाग प्रमुख बिनय झा, युवा नेताहरु बिनेश पटेल, जलेश्वर सर्राफ, किरणमान डंगोल, दिपनारायण यादव, गोकुल गुप्ता, रामबाबु कलवार, विद्यार्थी नेता दिपेश कुमार साह, राकेश पटेल लगायतकाले राजतन्त्रको पक्षमा र गणतन्त्र विरुद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।