मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) माथी यौन दुर्व्यवहार कसुरमा अनुसन्धान सुरु

मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) माथी यौन दुर्व्यवहार कसुरमा अनुसन्धान सुरु

काठमाडौँ —मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) माथी यौन दुर्व्यवहार कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले महिला सेलले उनीमाथी अनुसन्धान सुरु गरेको बताए । उनले भने ‘फौजदारी कसुरमा जाहेरीका आधारमा उनलाई अनुसन्धान गरिएको हो ।’

मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणाी साप्ताहिक पत्रिका प्रकाशन लगायतका संचार उद्दममा जोडिएका थिए ।तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।