पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गर्दै छ भारत?
पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गर्दै छ भारत?

काठमाडौँ २१ बैशाख
यसैबीच आइतबार भारतका वायु सेना प्रमुख अमरप्रीत सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा वायुसेनाका वरिष्ठ अधिकारीहरू पनि सहभागी भएको स्रोत उधृत गर्दै नवभारत टाइम्सले जनाएको छ।
पाकिस्तानसँग जारी विवादका बीच भएको यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ। यसअघि शनिबार नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठीले पनि प्रधानमन्त्री मोदीलाई उनकै निवास लोक कल्याण मार्गमा भेटेका थिए।
२६ जनाको ज्यान जाने गरी पहलगाम आक्रमण भएको (अप्रिल २२) भोलिपल्टै प्रधानमन्त्री मोदीले आफ्नै अध्यक्षतामा सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) भएको बैठक राखेका थिए।
जसमा रक्षामन्त्री राजनाथ सिंह, रक्षा प्रमुख (सीडीएस) जनरल अनिल चौहान र तीनै सशस्त्र सेनाका प्रमुख सहभागी भएका थिए। साथै बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल पनि उपस्थित थिए।
आतंकवादी हमलामा संलग्न र षड्यन्त्रकारीहरूलाई कडा सजाय दिने घोषणा गरेको भारतका प्रधानमन्त्री मोदीले यसका लागि सेनालाई पूर्ण स्वतन्त्रता दिएका छन्। संभार: नेपालखबर






