“अभिभावकले चासो देखाएमा शैक्षिक गुणस्तरमा सुधार सम्भव छ” : मुख्यमन्त्री सिंह

“अभिभावकले चासो देखाएमा शैक्षिक गुणस्तरमा सुधार सम्भव छ” : मुख्यमन्त्री सिंह

वीरगंज ४ भदौ

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

जनकपुरधाममा मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना एवं भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा एस.ई.ई.परीक्षा –२०८१ मा प्रत्येक स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याउन सफल छात्र र छात्रालाई साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका उद्देश्यसहित अघि बढिरहेको समेत बताए।

धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका ८८ वटै नगरपालिकाका स्थानीय तहमा उत्कृष्ट नतिजा हासिल गरेका एक–एक जना छात्र र एक जना छात्रलाई एस.ई.ई.मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेकोमा साइकल दिएर प्रोत्साहन गरिएको थियो।

“राष्ट्रलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी पनि भविष्यमा तपाईंहरूको काँधमा आउन सक्छ”‚ उनले विद्यार्थीलाई सम्बोधन गर्दै भने‚ “देशको समृद्धि र विकासमा योगदान पुर्याउने भूमिका लिनुपर्नेछ।”
उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढ्ने उल्लेख गरे।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकलाई ध्यान दिन आग्रह गर्दै मुख्यमन्त्री सिंहले भने, “अभिभावकले चासो देखाएमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार सम्भव छ।”

त्यसैगरी भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना ले भनिन्‚ ‘आज साइकल प्राप्त गर्ने हाम्रा होनहार विद्यार्थीहरू न केवल आफ्नो परिवारको तर सम्पूर्ण प्रदेशका गौरव हुनुहुन्छ। आज हामीले जुन साइकल हस्तान्तरण गर्दै छौं, ती सवारीसाधन मात्र होइनन्।

यी तपाईँहरूको भविष्य तर्फ को यात्रा सरल र सहज बनाउने साधन हुन्। महावाणिज्यदूत ले भारत सरकार नेपाल सरकार र नेपाली जनतालाई शिक्षा लगायत विभिन्न प्राथमिकताका क्षेत्रहरूमा सहयोग र समर्थन प्रदान गर्न प्रतिबद्ध रहेको पनि बताए।

कार्यक्रम शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल एस.बि.आई बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध साइकलबाट प्रदेशका पाँच जिल्लाका १५० उत्कृष्ट विद्यार्थीलाई वितरण गरिएको हो। शिक्षामन्त्रीले मधेशमा शिक्षाको स्तर सुधार गर्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको र त्यसका लागि हरसम्भव प्रयास भइरहेको बताए।

सो अवसरमा भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना, नीति तथा योजना आयोगका सदस्य डा. शीला मिश्रा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राज नन्द मण्डल, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुर लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।