एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगंज जेसीजका अध्यक्ष चौरसिया नियुक्त, बैठकमा सहभागी हुन ताइवान प्रस्थान

वीरगंज १२ भदौं । वीरगंज जेसीज वर्ष २०२५ का अध्यक्ष सरोज चौरसिया एसिया प्यासिफिक विकास परिषदको डेभलपमेन्ट अफिसरमा नियुक्त भएका छन् । नेपाल जेसीजको सिफारिसमा चौरसिया एसिया विकास परिषदको डेभलपमेन्ट अफिसरमा नियुक्त भएका हुन् ।
सोही क्रममा वीरगंज जेसीज वर्ष २०२५ को अध्यक्ष जेसी सरोज चौरसिया एसिया प्यासिफिक बिकास परिषदको बैठकको लागि बिहिवार ताइवान प्रस्थान गरेका छन् ।
एसिया प्इासिफिक परिषद, जेसिआइ वल्र्ड अन्तर्गत एसिया प्यासिफिकमा पर्ने देशहरुको साझा संगठन हो । परिषदको अध्यक्ष मंगोलिलयाका जेसीज अभियन्ताले गरिरहेका छन् भने सचिवालय जेसीआइ जपान अन्तर्गत रहेको छ ।
यस भन्दा पहिले परिषदको सदस्यमा प्रायजसो जेसीजका राष्ट्रिय पदाधिकारीहरु मनोनित हुने गरेकोमा जेसिआइ नेपाल अन्तर्गत कुनै शाखा अध्यक्ष (वीरगंज शाखाका अध्यक्ष चौरसिया) पहिलो पटक मनोनित भएका हुन् । वीरगंज जेसीजको ५२ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय पदमा मनोनित हुने चौरसिया पहिलो व्याक्ति पनि हुन् ।
एसिया प्यासिफिक विकास परिषदमा विभिन्न उपसमुहहरु रहेकामा चौरसिया म्यानमार र श्रीलंकाको समुहमा रहेका छन् । पहिलो चरणमा एसिया प्यासिफिक विकास परिषदले आफ्नो सदस्यहरुलाई समय समयमा जेसिआइ अभियानलाई अझै बलियो र शाखा विस्तारको निम्ति तालिम र निर्देशन दिदैं दिने र ती उपसमुहका टोलीहरुले आफुले पाएको जिम्मेवारी अनुरुप विभिन्न एसियाली मुलुकहरुमा गई त्यहाँका स्थानिय जेसीज शाखाका सदस्यहरुलाई तालिम दिने र नयाँ शाखाहरु खोल्न अभिप्रेरित गर्ने बताइएको छ ।
अझ बीरगंज जेसीजको ५२ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय पदमा मनोनित हुने चौरसिया पहिलो ब्यक्ती हुन । वीरगंज जेसीजका संस्थापक पशुपति बिक्रम शाह, पुर्व अध्यक्ष प्रोफेसर डा. दिपक शाक्य, मोहन प्रधान, मधु राणा, निशान्त कुमार लामिछाने, सन्तोष खनाल, शेखर चौधरी, रन्जन राउत, डा. अर्बिन्द श्रेष्ठ लागायतका पुर्वहरु र बीरगंज जेसीजका कार्यसमितिले चौरसिया नियुक्त भएकोमा शाखाको तर्फबाट खुशी व्यक्त गरेका छन र सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
वर्ष २०२६ को अन्त्य सम्म अध्यक्ष चौरसिया ताइवान, टुनिसिया, मलेसिया, जापान, म्यान्मार, श्रीलंका लगायतका देशहरुको भ्रमणमा रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।