श्रमजिवी बहुउदेशीय सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बारा। श्रमजिवी बहुउदेशीय सहकारी सहकारी लि. को बार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिका वडा नं. १८ मोतिसर चौकमा संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको प्राविधिक सहसोगमा सम्पन्न कार्यक्रममा एक जना महिला गरी जम्मा ७२ युनिट रगत संकलन भएको संस्थाको मैनेजर सदाम मंसुरले जानकारी गराए ।

कार्यक्रममा अनिल यादव, भीम गुप्ता, श्रवण कुमार, आलिम मिया, नाजिर हुसेन, अशोक यादव, भोला मिया, नौसाद मंसुर लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा रक्तदातालाई कदर स्वरुप प्रमाण–पत्र प्रदान गरिएको संस्थाको मैनेजर मंसुरले जनाए । संस्थाको बार्षिक कार्यक्रम अनुसार ‘रक्तदान जीवनदान, बिरामीको जादैन ज्यान, हामी गर्छौ रक्तदान’ भन्ने नारा अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थाको मैनेजर सदाम मंसुरले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।