रामकथाका आदर्श जीवनमा लागू गर्न प्रदेश प्रमुख खापुङको आग्रह, सामाजिक समन्वयका लागि राजेश शर्मा सम्मानित

रामकथाका आदर्श जीवनमा लागू गर्न प्रदेश प्रमुख खापुङको आग्रह, सामाजिक समन्वयका लागि राजेश शर्मा सम्मानित

बिराटनगर १४ मंसिर

जोगबनी सीमावर्ती क्षेत्रमा आयोजित धार्मिक कार्यक्रममा भारत–नेपाल सामाजिक सांस्कृतिक मंचका अध्यक्ष एवं श्री हरि सत्संग समितिका प्रदेश सल्लाहकार राजेश कुमार शर्मा सामाजिक समन्वय तथा सेवामूलक कार्यका लागि प्रदेश प्रमुख (राज्यपाल) परशुराम खापुङ द्वारा सम्मानित भएका छन्। सत्यनारायण मन्दिर स्थित धर्मशालामा नौ दिनसम्म सञ्चालन भएको श्री हरि सत्संग समितिको व्यास कथा समापन समारोहका क्रममा उनलाई सम्मान प्रदान गरिएको हो।

समारोहमा प्रदेश प्रमुख खालिङले आजको समाजमा नैतिक मूल्य र पारिवारिक सम्वन्धमा गिरावट आएको उल्लेख गर्दै राम कथाका आदर्श हरू व्यवहारिक जीवनमा उतार्नु पर्ने आवश्यकता औँल्याए। उनले भने, “धर्मबाट मानिसहरू विकृतितर्फ झुम्मिन थालेका छन्। दाजुभाइबीच मेलमिलाप छैन, काका–भतिजा बीच कटुता देखिन्छ। यदि राम कथाको सार जीवनमा अंगिकार गर्न सके, मानिस धेरै दुःख, कष्ट र तनावबाट मुक्त हुन सक्छन्।”

कार्यक्रममा व्यास कथाकार सुश्री शर्मिला किशोरीद्वारा प्रस्तुत संगीतमय कथा वाचन ले हजारौँ भक्तजनहरुलाई मन्त्रमुग्ध बनाएको थियो।
समारोहमा राष्ट्रिय अध्यक्ष भीखम चन्द सरल, महेश साह स्वर्ण कार, बीरेन्द्र बुढाथोकी, अरविन्द साह, शिव रतन जोशीसहित थुप्रै अतिथि तथा श्रद्धालु सहभागी थिए।कार्यक्रमको संचालन विद्यानन्द माञ्जीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।