भरत तालमा माघ ६ गते बृहत ल्होछार मेला लाग्दै

भरत तालमा माघ ६ गते बृहत ल्होछार मेला

क्षितिज विश्वकर्मा
लालबन्दी २ पुष

सर्लाहीको बागमति नगरपालिकास्थित भरतताल नामले परिचित पर्यटकिय माछा पोखरीमा चौथोपटक ल्होछार मेला आयोजना हुने भएको छ ।

अहिले चलिरहेको सा पुख्रि÷डुल ल्हो (सर्प बर्ग)लाई बिदाई गर्दै आउँदो माघ ५ गते परेको २८६२ ता ल्हो (घोडा बर्ग)लाई स्वागत गर्ने सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागीएको आयोजक नेपाल तामाङ घेदुङ बागमति नगर कार्यसमितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

माघ ५ गते तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार परेकोले सबैले आ–आफ्नो घर, समुदायमा मनाउने, रमाउने र ६ गते मंगलबारको दिन भरततालमा बृहत सांस्कृतिक कार्यक्रम राखिएको घेदुङ नगर समितिका सचिव चन्द्र बहादुर जिम्बा तामाङले जानकारी दिनुभयो ।

राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा हुने कार्यक्रममा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

बिहान १० बजेदेखि राति १० बजेसम्म भरत ताल माछा पोखरी परिसरमा हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति सँगै तामाङ समुदायको जातिय परिकार, भेषभुषा प्रदर्शनी तथा अन्य तामाङ संस्कार संस्कृति सम्बन्धि स्टलहरु रहनेछन ।

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु फुल कुमार बोम्जन, बिशाल काल्तान, सुमिना लो, रेश्मा बोम्जन, उर्गेन दोङ लगाएत चर्चित गाएक तथा मोडलहरु याङ्गी दोङ, रिया लामासहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक सन्जय ब्लोन ले बताउनुभयो । कार्यक्रम सम्पन्न गर्नका लागी करिब ११ लाख १५ हजारको खर्च अनुमान गरिएको घेदुङ बागमति नगर कार्यसमितिका अध्यक्ष रोशन लामाले बताउनुभयो ।

कलाकार ब्यवस्थापन देखि अन्य लाग्ने सबै खर्च घेदुङले नै व्यबस्थापन गर्ने उहाँको भनाई छ । कमिटिले बिगत तिन बर्षदेखि निरन्तर सोनाम ल्होछार विशेष बृहत कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।