अनुभव, निष्ठा र प्रतिबद्धताकी नेतृ जरिना बेगमप्रति पार्टीभित्र बढ्दो भरोसा
अनुभव, निष्ठा र प्रतिबद्धताकी नेतृ जरिना बेगमप्रति पार्टीभित्र बढ्दो भरोसा

कलैया १६ पुस
नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएकी नेतृ जरिना बेगमप्रति पार्टीभित्र विश्वास र अपेक्षा बढ्दै गएको छ। करिब दुई दशकभन्दा बढी समयदेखि निरन्तर राजनीतिक संघर्षमा संलग्न रहँदै आएकी बेगमलाई अनुभवी, समर्पित र प्रतिबद्ध नेतृका रूपमा चिनिन्छ।
विगत २१ वर्षदेखि पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गर्दै आएकी बेगम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत पूर्व मधेश प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहँदा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा वैचारिक पक्ष मजबुत बनाउने कार्यमा सक्रिय रहनुभएको थियो। मधेश प्रदेशमा पार्टीको आधार विस्तार गर्न उहाँले खेलेको भूमिकालाई पार्टीभित्र सकारात्मक रूपमा मूल्यांकन गरिएको छ।
विशेष गरी महिला, अल्पसंख्यक तथा पिछडिएका समुदायलाई राजनीतिक मूलधारमा ल्याउन बेगमको योगदान उल्लेखनीय रहेको पार्टी नेताहरू बताउँछन्। राजनीतिक उतार–चढावका बाबजुद पनि उहाँको प्रतिबद्धता कमजोर नपरेको र निरन्तर रूपमा पार्टीको नीति, सिद्धान्त तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने अभियानमा सक्रिय रहँदै आएको बताइन्छ।
हाल पनि उहाँ नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै जनताको समस्या, अधिकार र पहिचानका सवालमा स्पष्ट र निर्भीक धारणा राख्दै आउनुभएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा समानुपातिक प्रणाली अन्तर्गत मुस्लिम क्लस्टरको दोस्रो नम्बर सूचीमा समावेश हुनु उहाँप्रतिको पार्टी विश्वासको संकेतका रूपमा हेरिएको छ।
यद्यपि उक्त निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा चयन हुन नसके पनि उहाँको लामो संघर्ष, निष्ठा र योगदानप्रति पार्टीभित्र सकारात्मक मूल्यांकन कायमै रहेको देखिन्छ।
पार्टीका आन्तरिक छलफल तथा राजनीतिक वृत्तमा यसपटक जरिना बेगमजस्ता अनुभवी, जनआधारित र संघर्षशील नेतृलाई उपयुक्त जिम्मेवारी दिइनुपर्ने आवाज बलियो बन्दै गएको छ।
मधेशको राजनीतिक चेतना अभिवृद्धि, सामाजिक न्याय र समावेशी लोकतन्त्रको पक्षमा उहाँले खेलेको भूमिकाको कदर गर्नुपर्ने मत पार्टीभित्र मात्र होइन, बाहिर पनि उठ्न थालेको छ।
आगामी दिनमा पार्टीले उहाँको अनुभव र क्षमतालाई कुन रूपमा उपयोग गर्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।






