कांग्रेसमा हस्तान्तरण र पुस्तान्तरणको सबाल* कांग्रेस सच्चिने वा सकिने ? – डा. विजय दत्त
कांग्रेसमा हस्तान्तरण र पुस्तान्तरणको सबाल* कांग्रेस सच्चिने वा सकिने ? - डा. विजय दत्त

पुर्व पृष्ठभूमि
नेपाली कांग्रेस स्थापनाको लगभग आठ दशकमा सबभन्दा कठिनतम मोडमा पुगेको छ । असफल,अर्कमण्य,अदुरदर्शी,अपारदर्शी नेतृत्वले यो ऐतिहासिक पार्टी बुढा नेतृत्व विहीन बन्दैछ । जनभावना,जनचाहना,जनउत्तरदायित्वविहीनताको कारण यो धरापमा परेको छ । नवयुवा पुस्ता (Genz) आन्दोलको भावनालाई वुढा पुस्ताले स्वीकार गर्न नसकेको,अकुत धनआर्जनको मदमा मधान्धताले यो समस्या निम्त्याएको जनभनाइ सर्वत्र रहेको देखिन्छ ।
पृष्ठभूमि
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। राणा शासनदेखि गणतन्त्रसम्मको यात्रामा यसको योगदान ऐतिहासिक छ। तर इतिहासले मात्र वर्तमान जोगिँदैन। समयले पार्टीलाई निरन्तर समीक्षा, सुधार र पुनराविष्कार गर्न बाध्य पार्छ। आज कांग्रेस त्यही चौराहामा उभिएको छ— सच्चिने कि सकिने ?
Gen-Z विद्रोह : भदौ २३–२४ को सन्देश
भदौ २३ र २४ गते देखिएको Gen-Z (नयाँ पुस्ता) को विद्रोह केवल असन्तोषको अभिव्यक्ति मात्र थिएन, त्यो त कांग्रेस नेतृत्वप्रति दिएको बलियो राजनीतिक चेतावनी थियो।
यो पुस्ता विचार,नीतिर नेतृत्वका साथै
– अकर्मण्यता,
– वंशवाद,
– गुटबन्दी,
– नवीन नेतृत्वप्रतिको डर
विरुद्ध उभिएको हो।
Gen-Z ले स्पष्ट सन्देश दियो—
“हामी कांग्रेस चाहन्छौँ, तर पुरानो र पुरानो शैलीको होइन।”
१४औँ महाधिवेशन : अवसर गुमेको क्षण
१४औँ महाधिवेशनलाई कांग्रेस पुनर्जागरणको अवसर मानिएको थियो। तर परिणामस्वरूप
नेतृत्व संरचना पुरानै सोचमा सीमित रह्यो युवाहरू निर्णायक तहमा पुग्न सकेनन्
नीति भन्दा व्यक्ति र गुट हाबी भयो यसले पार्टीभित्र प्रश्न जन्मायो— महाधिवेशन परिवर्तनका लागि हो कि पद बाँडफाँडका लागि ? १५ औं महाधिवेशन गराउन सकेन । *मुखमा राम बगलीमा छुरा* को भावनाबाट ग्रसित र त्रसित रहे ।
वर्तमान : २०८२ को विशेष महाधिवेशन
२०८२ साल पुष २७, २८ र २९ गते बोलाइएको विशेष महाधिवेशन सामान्य कार्यक्रम होइन।
विशेष कुरा के छ भने—
-६०% भन्दा बढी महाधिवेशन प्रतिनिधि सक्रिय
– संगठनभित्र व्यापक असन्तोष
-बाहिर वैकल्पिक शक्तिहरूको उदय यो महाधिवेशन कांग्रेसका लागि अन्तिम अवसर (Last Chance) जस्तै देखिन्छ।
अब के हुने ?
अब तीन सम्भावना छन्
१. सच्चिने कांग्रेस
पुस्तान्तरण स्वीकार गर्ने नीति–केन्द्रित राजनीति गर्ने संगठनभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउने Gen-Z लाई नेतृत्वको केन्द्रमा ल्याउने
– यसो भयो भने कांग्रेस पुनः जनताको पार्टी बन्न सक्छ।
२. यथास्थितिवादी कांग्रेस
गुटगत सम्झौता नाममात्र सुधार अनुहार फेरिए पनि सोच नफेरिने
– यसले कांग्रेसलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ।
३. सकिने कांग्रेस
यद परिवर्तनको आवाज दबाइयो भने, यदि युवालाई ‘भोलिको नेता’ भनेर आजै पन्छाइयो भने,
– कांग्रेस इतिहासको पुस्तकमा सीमित हुन सक्छ।
– निष्कर्ष : आज प्रश्न कांग्रेसको अस्तित्वको हो, पदको होइन— पथको हो।Gen-Z ले ढोका ढकढक्याइसकेको छ।
अब कांग्रेसले ढोका खोल्छ कि इतिहासले ढोका बन्द गर्छ ? समय कांग्रेसलाई पर्खिरहेको छैन,जनभावना अनुसार,कांग्रेसले समय समात्नुपर्छ।





